विदेश

बस र मिनीट्रक ठोक्किँदा भएको दुर्घटनामा ३६ जनाको मृत्यु

बस र मिनीट्रक ठोक्किँदा भएको दुर्घटनामा ३६ जनाको मृत्यु

नैरोबी । केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ।

एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्। मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

३६ जनाको मृत्यु भएको छ, रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोमेले भने। उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिए। घाइतेको भने अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी मेक्सीकोमा तीन वटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा १० जनाको मृत्यु भएको छ। भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन्।

दक्षिणी मेक्सीकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले जनाएका छन्। मृत्यु हुने अन्य पाँच जनामा भ्यानका चालक र उनका सहयोगी रहेका छन्। परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना केटा पनि दुर्घटनामा परी मारिएका छन्।

घुम्न आएका उनीहरुको गन्तव्यको ठाउँ आउन १५ मिनेट अगाडि दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

विशेष