News

धनकुटाको प्रदर्शनले उग्र रुप लिँदै, दुई सरकारी कार्यलयमा आगजनी

धनकुटाको प्रदर्शनले उग्र रुप लिँदै, दुई सरकारी कार्यलयमा आगजनी

काठमाडौं । धनकुटामा राजधानीको विषयलाई लिएर गरिएको विरोध प्रदर्शनले उग्र रुप लिएको छ । धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतेकको भन्दै प्रहरी र प्रदर्शनकारीबीच झडप हुनुका साथै सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।

प्रदर्शनकारीले दुईवटा सरकारी कार्यालयमा तोडफोड गरेका छन् । क्षेत्रीय प्रशास कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।

आज विहीबार विहानै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै क्षेत्रीय कार्यालय र डिभिजन कार्यालय पुगेका थिए । प्रदर्शन अनियन्त्रित हुन थालेपछि प्रहरी प्रदर्शनकारीमाथि हाठीचार्ज गरेको थियो ।

प्रहरीको लाठीचार्जपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहरी प्रमुुख सवार ना १ झ १३१४ नम्बरको गाडी तोडफोड गर्नुका साथै तीनवटा मोटरसाइकल फुटाएका छन् ।

हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई अस्थायी मुकाम तोकेपछि आक्रोशित प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुुर देउवाको पुत्ला जलाएका थिए । स्थानीयले राति मसाल जुलुससहित सरकारविरुद्ध प्रर्दशन गर्दै प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् ।

विगत ३५ दिनदेखि धनकुटालाई प्रादेशकि राजधानी माग गर्दै धनकुटावासी आन्दोलनरत छन् ।

विशेष