News

रोकिएन भारतिय ज्यादती, सीमामा फेरि कुटिए नेपाली

रोकिएन भारतिय ज्यादती, सीमामा फेरि कुटिए नेपाली

काठमाडौं । माहाकालीको सिमा क्षेत्रमा फेरी एक नेपाली कुटिएका छन् । माहाकाली नगरपालिका वडा नं ३ खत्री टोलका छबिलाल बुढालाई नयाँ वर्ष मनाउने भन्दै उनका भारतिय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । बुढा आज दिउसै माहाकाली नगरपालिकाको सिमा क्षेत्र नजिक रहेको भारतको उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनि माथी भारतिय नागरिक श्रवण राना लगाएत ३ जनाले मर्णासन्न गरि कुटपिट गरि नालामा बेहोस अवस्थामा फालेर गएको एक स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।

उनलाई माहाकाली नगरपालिका वडा नं। ३ खत्री टोलको सिमा क्षेत्रमा रहेको नेपाली भुमीमा कुटेको घाईते छबिलाल बुढाले बताएका छन् । भोज खुवाएपछि बाटोमा भारतियहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि माहाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नं ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिएका छन् । भोज खुवाएपछि भारतिय नागरिकहरुले बाटो ढुकेर बसेका थिए ।

कुटपिटको कारण बुढाको कान तथा टाउकोबाट रगत बगिरहेको छ भने उनको मुख भरी रगतै रगत तथा सुजन भएको छ । उनी भारतिय नागरिकले काचो लठ्ठी, मुक्का तथा लात्ती प्रहारले अचेत भएका थिए । भोज खाएर घर फर्केको छबिलाल बुढालाई उनकै भारतिय साथी श्रवण राना लगाएत ३ जनाले मर्णासन्न गरि कुटेर नालामा फालेको स्थानियहरु बताउछन् । कुटपिटमा संलग्न श्रवण राना बाहेक अरु दुईको नाउ भने खुल्न सकेको छैन् ।

‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने । बुढालाई तिन जना भारतियहरुले लछारपछार गर्दै कुटेको बताईएको छ् । कुटपिटमा उनको शरिरै भरि निल डाम आएको छ् । ‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं प¥यो’ घाईते छबिलाल बुढाले बताए । बुढालाई कुटपिट गरेपछि भारतिय नागरिक मोटरसाईकलमा चढेर फरार भएको बताईएको छ् । कुटपिट गरेको देखेपछि स्थानियहरुले हल्ला गर्न थालेपछि कुटपिट गर्ने भारतिय नागरिक जंगलको बाटो हुदै फरार भएका थिए ।

सिमा क्षेत्रमा एसएसबी तथा भारतिय नागरिक माहाकाली नगरपालिकाका सथानियहरुले बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् । सिमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री समेत खरिद गर्न समेत भारतियहरुको ज्यादती खेप्दै आएको स्थानिय तथा माहाकाली नगरपालिका वडा नं। ३ का वडा प्रतिनिधी पप्पु थापाले बताएका छन् । कुटपिटको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली घट्नास्थल पुगेको थियो । घाईतेलाई अबेर साँझ उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुगाईएको छ ।

माहाकालीको सिमा क्षेत्रमा मदिराको बेचबिखन तथा ओसार पसारको कारण यस्ता घट्ना घट्दै आएको स्थानियहरुको ठहर छ् । घाईते परिजनले ईलाका प्रहरी कार्यालय दोधारा चा“दनी र भारतिय प्रहरीमा समेत उजुरी गर्ने बताएका छन् । माहाकालीको सिमा क्षेत्रमा नेपाली काग्रेंसको नेता बेल बहादुर रानालाई ३ महिना अघि भारतियहरुले कुटेका थिए ।

विशेष