News

धनकुटामा अनिश्चितकालिन कफ्र्यू आदेश

धनकुटामा अनिश्चितकालिन कफ्र्यू आदेश


धनकुटा । धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । प्रशासनले विहान साढे ११ बजेदेखि नै लागू हुने गरी कफ्यूू आदेश जारी गरेको हो ।

पूर्वमा विहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा कार्यालयको भवनसम्म र दक्षिणमा पातले खोलासम्मलाई कफ्यूू लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

धनकुटाको सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा निकायले सुनसरीबाट थप सुरक्षाकर्मी बोलाइको छ ।

धनकुटामा राजधानीको विषयलाई लिएर गरिएको विरोध प्रदर्शनले उग्र रुप लिएको छ । धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतेकको भन्दै प्रहरी र प्रदर्शनकारीबीच झडप हुनुका साथै दुई सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

क्षेत्रीय प्रशास कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।

आज विहीबार विहानै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै क्षेत्रीय कार्यालय र डिभिजन कार्यालय पुगेका थिए । प्रदर्शन अनियन्त्रित हुन थालेपछि प्रहरी प्रदर्शनकारीमाथि हाठीचार्ज र अश्रू ग्यास प्रहार गरेको थियो ।

प्रहरीको लाठीचार्जपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहरी प्रमुुख सवार ना १ झ १३१४ नम्बरको गाडी तोडफोड गर्नुका साथै तीनवटा मोटरसाइकल फुटाएका छन् ।


विगत ३५ दिनदेखि धनकुटालाई प्रादेशकि राजधानी माग गर्दै धनकुटावासी आन्दोलनरत छन् ।

विशेष