News राजनीति भिडियो

ओलीले भने, प्रदेश प्रमुखमा हाम्रो सहमति छैन (भिडियाेसहित)

उपयुक्त समयमा प्रदेश प्रमुखको विषयमा सोचिन्छ

ओलीले भने, प्रदेश प्रमुखमा हाम्रो सहमति छैन (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफ्नो पार्टीको सहमति नभएको बताएका छन् ।

 

बैंककमा नियमी स्वास्थ्य परीक्षण गरी आज स्वेदश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग अप्ठ्यारो फुकाउने सहमति भएको बताउँदै उपयुक्त समयमा प्रदेश प्रमुखको विषयमा सोचिने बताएका हुन् ।

 

 

सकारकारसँग प्रमुुख र अस्थायी मुकाम तोकने सहमती नभएको भन्दै उनले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । नयाँ सरकारले सरकारको निर्णयलाई उल्ट्याउने संकेत दिँदै उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

 

‘पहिलो सहमतिमा प्रदेश प्रमुख नियुक्त गरौं भन्यौं, उहाँहरुले वास्ता गर्नुभएन,’ उनले भने, ‘अप्ठ्यारो फुकाउन सहमति दिएका थियौं, उहाँहरुले नियुक्त गर्नुभएको छ, उपयुक्त समयमा के गर्ने भन्ने सोचिन्छ ।

 

नियमित स्वास्थ्य परीक्षण गर्न साता दिन अघि बैंकक पुगेका अध्यक्ष ओली आज विहीबार स्वदेश फर्किएका हुन । उनले आफ्नो स्वास्थय सामान्य रहेको जानकारी दिएका छन् ।

विशेष