विदेश

अमेरिका-रूस सम्बन्धले शीतयुद्धको रूप लिँदै

अमेरिका-रूस सम्बन्धले शीतयुद्धको रूप लिँदै

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन । उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन । बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुदै गएको विश्लेषण गर्न थालिएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राखेका हुन् । उनले भने– ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो त्यो रुपमा हुन सकिरहेको छैन ।

उनले थपे – हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन ।

यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कमगर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उनले जाेड दिए ।

मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन्। हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिएका थिए । उनले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताएका थिए।

विशेष