News

करडौं घोटाला गरेको भन्दै सरकारले भवानी राणासँग सम्बन्ध विच्छेद गर्यो

करडौं घोटाला गरेको भन्दै सरकारले भवानी राणासँग सम्बन्ध विच्छेद गर्यो


काठमाडौं । भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चयनभएको ८ महिना पूरा नहुँदै नेपाल सरकारको विश्वास गुमाएको तथ्य फेला परेको छ । नेपाल सरकारसंग समन्वय गरेर काम गर्नु पर्ने नेपालउद्योग बाणिज्य महासंघको हालको भवानी राणको नेतृत्व अविश्वसनीय भएका कारण नेपाल सरकार अन्तर्गतको एउटा मन्त्रालयले त सम्बन्धन नै तोडेको पाइएको छ ।

समाचार स्रोतकाअनुसार, नेपाल सरकार र अन्तराष्ट्रिय दाता संस्थाबाट समेत अनुदान सहयोग गर्दै आएको नेपालउद्योग बाणिज्य महासंघ अन्र्तगतको कृषिउद्यम केन्द्रकापदाधिकारी विशेष गरेर ६ वर्षदेखि संयोजक रहँदैमस्ती गर्दै आएकी वर्तमान एफएनसीसीआईकी चेयरम्यान भवानी राणाको कार्यकालमा नेपाल सरकार कृषिमन्त्रालयले उपलब्ध गराएको एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादनको नाममा दिंदै आएको पचासौ करोड अनुदान रकम हिनामिनाका साथै अनियमित खर्च गरेर भ्रष्टाचार समेत भएको ठहरपछि कृषिमन्त्रालयले सम्बन्ध तोडेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत संचालित कृषिउद्यम केन्द्रले पाउदै आएको वार्षिक बजेट काटेर तत् तत् जिल्लाबाट नै वितरण गर्ने नीति २०७४ कात्तिक २२ गते कृषिविकास मन्त्रालयले गरेको छ । त्यसको जानकारी कृषिउद्यम केन्द्र टेकु, काठमाडौं, र राष्ट्रिय सहकारी संघ लि. ललितपुरलाई २०७४ पुस ४ गते दिइएको कृषिविकास मन्त्रालय स्रोतले बताएको छ ।

नेपालका कृषकहरु र कृषिउद्यमलाई प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्यले महासंघ कै तत्कालीनपदाधिकारी सुरज वैद्यको विशेष प्रयास र सक्रियताले सन् १९९१ सेप्टेम्बरमा नेपालस्थित अमेरिकी रातदुतावासको विशेष सहयोग र यूएसएड नेपालको अनुदान सहयोगमा स्थापनाभएको सस्था २६ वर्षपछि एफएनसीसीआईको भवानी राणाको नेतृत्वको ८ महिने कार्यकालमै बदनामहुन् पुगेको छ । साथै कृषिमन्त्रालयले भवानी राणासंग सम्बन्ध समेत विच्छेद गरेर सरकारी ढिकुटी करोडौं बजेट दुरुपयोग र हिनामिना हुनबाट रोक्ने प्रयास गरेको छ । आजको साँघु साप्ताहिकबाट

 

विशेष