News

सिरोहियालाई सुमार्गीको अर्को आरोप : केएमजी ब्ल्याकमेलिङ इन्स्टिच्युट हाे

सिरोहियालाई सुमार्गीको अर्को आरोप :  केएमजी ब्ल्याकमेलिङ इन्स्टिच्युट हाे

हेटौँडा । मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले कैलाश सिरोहियाको कान्तिपुर मिडिया ग्रूप केएमजीलाई ब्ल्याकमेलिङ इन्स्टिच्युट अर्थात् बीएमआईको संज्ञा दिएका छन्।

व्यवसायी सुमार्गी संरक्षक रहेको हेटौँडा एकेडेमीको २०औँ वार्षिकोत्सवपछि बुधबार हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै व्यवसायी सुमार्गीले कान्तिपुरले ब्ल्याकमेलिङ इन्स्टिच्युटको काम गरेको भन्दै उसलाई बीएमआईको संज्ञा दिएका हुन्। उनले सिरोहियाले बुधबार केएमजीका नाममा अर्को बिषवमनको कुचेष्टा गरेको आरोप लगाए। सुमार्गीले भने, मैले सम्पादकीय मूल्य मान्यतामा प्रश्न उठाउँदा प्रकाशक वा सम्पादक बोलेका छैनन् । केएमजी नाम गरेको एउटा विजनेस फर्मले प्रतिरक्षा गरेको छ। यही हो पत्रकारितारु आफ्नो कागज, आफ्नो कमल, आफ्ना कुरा, जे गरे पनि भयो कैलाश सिरोहियासँगको जग्गा खरिद प्रकरणबारे सुमार्गीले भने, कैलाश र उनकी श्रीमती आवद्ध काठमाडौं मार्टको जग्गा मेरो कम्पनीले खरिद गरेको थियो।

तर उनले त्यो तथ्य नखुलाई अरूको नाम जोडेका छन्। त्यो काठमाडौं मार्ट आज कहाँ छरु जग्गा बेचेलगत्तै त्यसलाई किन मासियोरु के त्यो संस्थाले कर तिरेको छरु खोज्नुस्। म त लडाइँ लड्न तयार छु। तपाईंहरूले पनि खोज्नुस्। व्यवसायी सुमार्गीले ब्ल्याकमेलिङविरुद्धको लडाइँबाट आफू पछि नहट्ने स्पष्ट पारे। उनले भने, सिरोहियाजी यो प्रकरण मिलाइदिनुपर्‍यो भन्दै हारगुहार गर्दै हिँडेका छन्। तर म ब्ल्याकमेलिङ प्रकरणलाई बिट नमारीकन छोड्दिनँ।

कान्तिपुरको ब्ल्याकमेलिङमा अहिलेसम्म सबै चुपचाप बस्न बाध्य रहेको भन्दै सुमार्गीले आफ्नो पछिल्लो कदमले कान्तिपुरका कर्तुतहरू उदा‌ंगिँदै गएको बताए। कान्तिपुरको ब्ल्याकमेलिङबाट पीडित धेरै जना सम्पर्कमा आएको र उनीहरू खुल्दै गएको जानकारी पनि उनले दिए। कान्तिपुरले कहाँकहाँ ब्ल्याकमेलिङ गरेको थियो तरु भन्ने पत्रकारको प्रश्नमा व्यवसायी सुमार्गीले भने, उनी ब्ल्याकमेलर नै हुन्। केवलकार होस् वा डाबर होस्। रामदेव बाबा, मुरारकाजी वा अरू विजनेस हाउस, कान्तिपुरले केके गरेको थियो तपाईंहरूलाई थाहै होला नि ठूलो मात्रामा विदेशी लगानी ल्याई नेपाललाई समुन्नत बनाउन खोज्दा खेद्ने काम भएको सुमार्गीको भनाइ थियो।

उनले भने, मेरो अर्गनाइजेसनलाई विदेशी लगानीकर्ताले पत्याएका बेला पूँजी एकीकृत गर्न खोजेको थिएँ। तर सिमेन्ट, हाइड्रो र टेलिकम सञ्चालन गर्न खोज्दा आतंककारी गतिविधि गर्न खोजेको आरोप लगाइयो।  ब्ल्याकमेलिङका लागि मिडिया दुरूपयोग गरियो

विशेष