कुख्यात 'टिके डाँका' जेल तोडेर फरार

कुख्यात 'टिके डाँका' जेल तोडेर फरार


काठमाडौं। काठमाडौं उपत्यकामा श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न एकजना कुख्यात डाँका सदरखोर डिल्लीबजारको काँडेतार काटेर भागेका छन ।

महानगरीय प्रहरीमा दुई दर्जनभन्दा बढि चोरी, लुटपाट र डकैतीमा संलग्न रहेको सूचीमा रहेका टिकाबहादुर थापा मगर नाम भएका टिके डाँका बिहीबार राती कारागारको सुरक्षा प्रवन्धलाई चुनौती दिदै भागेका हुन ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले टिकाबहादुर फरार भएको पुष्टिगर्दै खोजी कार्य जारी रहेको पर्दाफासलाई बताए । उनका अनुसार कारागारभित्र रहेको कारखानाको काँडेतार काँटेर उनी फरार भएका हुन ।

प्रहरी उच्चस्रोतका अनुसार काराखानामा नियमित गन्तीगर्ने सुरक्षा अधिकारीको लापरवाहीका कारण टिकाबहादुर भागेका हुन । सुरक्षा अधिकारीले गन्तीमा छुटाएका टिकाबहादुर त्यही मौकामा राती भागेका हुन ।

उनका साथ भागेका अन्य एक कैदी तत्काल पक्राउ परेपनि उनी भाग्न सफल भएका हुन ।

 

संम्बधित खबर

विशेष