News

आज पाँचौ टोपी दिवस

आज पाँचौ टोपी दिवस

काठमाडौ । आज पाँचौ अन्तराष्ट्रिय ढाँकाटोपी दिवस विविध कार्यक्रम गरी मनाइदै छ । नेपाली पोषाक लगाऔं राष्ट्रियता जोगाऔं भन्दै विगत चार वर्षदेखि नेपाली टोपी दिवस मनाउदै आइएको छ । अन्तराष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाउने गरिन्छ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देशहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्हका रुपमा स्थापित रहेकोछ । शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ को जनवरी १ बाट संसारभर अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

देशका विभिन्न समुदायवाट पहिचानको कुरा उठिरहेको समयमा जागरुक युवा अभियन्ताहरु जातिय पहिचान भन्दा राष्ट्रिय पहिचान महत्वपूर्ण हुने भन्दै ढाकाटोपीकोको प्रवर्धनमा जुटेका हुन । टोपी दिवसको अवसरमा जागरुक युवा अभियानले आज काठमाडौको माइतीघर मण्डलामा भेला हुन सवैलाई आग्रह समेत गरेको छ

विशेष