News

नेपाल टेलिभिजन भित्र भएकै हाे त त्यस्ताे, साँघुमा के बाहिरियाे यस्ताे !

नेपाल टेलिभिजन भित्र भएकै हाे त त्यस्ताे, साँघुमा के बाहिरियाे यस्ताे !

काठमाडौ । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनमा बढ्दो बेथितीले सो संस्था एक अर्को गरी धरापमा पर्दे गएको छ ।

सो संस्थामा नेपाली कांग्रेस प्रशिक्षण विभागका महेश दाहाललाई कार्यकारी अध्यक्ष र माओवादीका पत्रकार सचिन रोक्कालाई महाप्रबन्धक नियुक्त गरेदेखि नै अधिकारको बारेमा विवादहुने गरेको छ । जसले गर्दा संस्था दिनगन्तीका रुपमा कमजोर हुँदैैगएको छ । कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुबै कार्यकारी हैसियतमा छन् र दुबैलाई विशिष्ट श्रेणी सरह बराबरी तलब सुविधा दिइएको छ ।

एकातिर अधिकारको विवाद छ भने अर्कोतिर संस्थामा बढ्दै गएको युनियनको राजनीतिले त्यतिकै दुष्प्रभाव पारेको खबर आजको साँघु साप्ताहिकमा छ ।

युनियनका अध्यक्ष गोबिन्द धिताल सहितका आफूलाई कांगेशका मै हँ भन्नेहरु शालिक सुवेदी, दीपकमणि धिताल, महाप्रसाद लामिछाने, अनिता बिन्दु, गजुर्धन राई, गोपाल दाहाल र शक्ति जता छ त्यतै फेरो समाएर हिंड्ने मनोहरि थापाहरुलाई टेलिभिजनम ाकाम नगरे हुन्छ । उनीहरुलाई संस्थाले न काम लगाउन सक्छ न काम लगाएको उनीहरुले टेर्छन् नै । युनियनको मनोपली र दादागिरीले गर्दा अर्को एउटा सरकारी संस्थादिनप्रतिदिनकमजोर बन्दै गएको छ । काम नगर्नेलाई स्पष्टिकरण सोध्यो वा प्रसारण केन्द्रमा पठाउन प¥यो भने पहिले युनियनले आफ्ना मान्छेलाई चेतावनी दिने गर्छ ।


स्रोत भन्छ, युनियनको चेतावनीपछि अध्यक्ष दाहाल र महाप्रबन्धक गोबिन्द रोक्काको सातोपुत्लो गैहाल्छ । अनि कुनै पत्रकारलाई कुनै ठाउँमा खटाई हालेमा महाप्रबन्धक रोक्का युनियनका अध्यक्षलाई म्यासेज गरेर विरोध नगर्नु है मेलै तपाईकै सल्लाह अनुसार नै साथीहरुलाई यता उति पारेको छु भनेर विन्ती बिसाउछन् । समाचारको बढी जिम्मेवारी लिएका महाप्रबन्धक रोक्काले गोबिन्द धिताल, शालिक सुवेदी, मनोहरी थापाको कुरा सुनेर निर्णयमा पुग्ने र युनियनलाई भन्दाका ममा मतलबगर्नेलाई जथाभावी ड्यूटी परिवर्तन गर्ने गरेका छन् ।

सरकारी स्वामित्वमा रहेको टेलिभिजनमा काम गरेपनि आफ्नो त भैंसी पनि कांग्रेस नै हुन्छ कांगे्रसको अहित हुने समाचार पनि बनाइन्न र कार्यक्रम संचालन गरिन्न भन्ने शालिक सुबेदीहरुलाई महाप्रबन्धक तपाई जस्तो महान् ब्यक्तित्वले कार्यक्रम गर्नुपर्यो नि भन्दै आग्रहगर्ने गरेको बुझिएको छ । केहि समय अगाडि सुबेदीले चलाएको प्रसंग नामक कार्यक्रमको दुरुपयोग गरेर राजनीतिकरण गरेको भनी पुर्ब महाप्रबन्धक लक्ष्मण हुमागाइले कार्यक्रमबाट हटाएका थिए तर अहिले धितालहरुको सल्लाहमा महाप्रबन्धकले उनैलाई पुरस्कृत गर्न खोज्दैछन् ।

त्यति मात्र कहा हो स्थानीय निर्वाचनमा एकजना पत्रकार बाहिर जान खोज्दा आचारसहिताको कुरा गरेर रोकियो तर सघीय निर्बाचनका बेला अध्यक्ष महेश दाहाल, महाप्रबन्धक रोक्का निर्बाचन आयोग नै पुगेर सुवेदीलाई २ हप्ताभन्दा बढी समय बिदेश पठाउन अनुनय बिनय गरी निर्बाचनको समयमा त्यति धेरै समय बिदेश पठाउने कामभयो । बाहिर पठाउने हुदापनि रोक्काले उनै सुवेदीलाई निर्वाचन समाचारको कन्टेनटोलीको सयोजक नै बनाउने काम गरे ।
डा मिनेन्द्र रिजाल सुचना तथा संचार मन्त्री हुदा अनिता बिन्दुहरुले टेलिभिजनमा काम नै नगरेर रजाइ गरे जस्तै अहिले गोबिन्द धिताल, शालिक सुवेदीहरुले काम नै गर्देनन् ।

महेश दाहालले गोबिन्दधिताललाई कुर्सी जोगाउन भनी प्रत्येक सचालक समितिको बैठकमा आमन्त्रित गर्छन् । कांग्रेसकै सरकारले पनि उनलाई नियुक्तगर्न अस्विकार गरेपछि दाहालले संचालक समितिमा सल्लाह नै नगरी नियमित आमन्त्रण गर्ने गर्छन् ।

अहिले धितालहरु र सुवेदीहरुकै दबाबमा शक्तिकै पछाडि लाग्ने प्रवृतिका नायक मनोहरी थापालाई प्रक्रिया र रोलक्रम मिचेर समाचार महाशाखाको प्रमुख बनाउन दाहाल र रोक्का समेत लागेको बुझिएको छ । चाकडी र चाप्पुसीका भरमात्यसो गरियो भने विद्रोह हुने चेतावनी कर्मचारीहरुले पत्रकार राजु सिलवाल रहेको बताइएको छ ।

विशेष