News

मोटरसाइकल दुर्घटना हुँदा लैनचौरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा लैनचौरमा एक जनाको मृत्यु


काठमाडौं । लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ४ बजे लैनचौरमा बा ९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने साजन ठकुरीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

विशेष