News

सीके राउत धनुषाबाट पक्राउ

सीके राउत धनुषाबाट पक्राउ

धनुषा । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत पुनस् पक्राउ परेका छन्।

धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले घेरा हाली पक्राउ गरेको हो। प्रहरी निरीक्षक राजकिशोर साहको टोली राउतलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारण खुलाएको छैन।

यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो। सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै आएका छन्।

विशेष