शेयर कारोबारमा २४.५८ अंकले कमी

काठमाडौं । यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर अन्तिम दिन १४०६.५२ अंकमा पुगेको छ । यो साता कारोबार रकम पनि गत साताको भन्दा ३५.९८ प्रतिशत घटेको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १२७२८ कारोबारबाट १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु किनबेच भएका छन् ।
यसैगरी यो साता समूहगत परिसूचकतर्फ सबै समूहको कारोबार घटेको छ । यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ ।
share bajar