News

मर्यादाक्रममा अटाएनन् प्रदेश प्रमुख

मर्यादाक्रममा अटाएनन् प्रदेश प्रमुख

काठमाडौं । सरकारले प्रदेश प्रमुख सिफारिस गनेअनुसार राष्ट्रपतिबाट नियुक्ति र शपथ भए पनि मर्यादाक्रम अझै टुङ्गो लागेको छैन।

प्रदेश प्रमुखको मर्यादाक्रम निर्धारण नहुँदा सुरक्षा व्यवस्थापनलगायतका विषयलाई कति महत्त्व दिने यकिन भएको छैन। मर्यादाक्रमअनुसार नै राज्यबाट पाउने सेवा सुविधा समेत तय हुने हुँदा चाँडै मर्यादाक्रम टुङ्ग्याउने तयारी सरकारले गरेको छ। सरकारले असारमा मर्यादाक्रम सार्वजनिक गरेको थियो। त्यसमा प्रदेश प्रमुखको क्रम तोकिएको छैन।

गृह मन्त्रालयले सार्वजनिक गरेको मर्यादाक्रममा स्थानीय निकायका जनप्रतिनिधिले असन्तुष्टि जनाएपछि भदौमा पुनः हेरफेर गरिएको थियो। न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुखको क्रम समेत समेटेर चाँडोभन्दा चाँडो नयाँ मर्यादाक्रमबारे निर्णय हुने बताए।

उनले भने, ‘मर्यादाक्रम सिफारिस समितिले यस विषयमा सिफारिस गर्छ। त्यसपछि निर्णय हुन्छ। हालसम्म मर्यादाक्रम तोकिएको छैन। मन्त्रिपरिषद्को आगामी बैठकले यसलाई टुङ्ग्याउँछ।’ अाजकाे गाेरखापत्रमा खबर छ ।

विशेष