News

प्रदेश २ का प्रमुखलार्इ जनकपुर चुराेट कारखानाकाे भवन 

प्रदेश २ का प्रमुखलार्इ जनकपुर चुराेट कारखानाकाे भवन 

जनकापुर । प्रदेश २ का प्रमुखको कार्यालय र निवास जनकपुर चुरोट कारखाना लिमिटेडको भवनमा राख्ने टुंगो लागेको छ । यसअघि नेपाल राष्ट्र बैंकको अतिथि भवनमा राख्ने प्रयास गरिए पनि कानुनी अड्चन फुकाउन समय लाग्ने भएपछि बन्द अवस्थामा रहेको चुरोट कारखानालाई प्रयोग गर्न लागिएको हो । कारखानाका महाप्रबन्धकको निवासमा अब प्रदेश प्रमुख बस्नेछन् ।

‘बैंकको अतिथि भवन प्रयोग गर्न कानुनी प्रावधानले समय लाग्ने भयो,’ सहरी विकास डिभिजन कार्यालयका प्रमुख गंगाराम यादवले भने, ‘प्रदेश प्रमुखका लागि शनिबारसम्म निवास र कार्यकक्ष तयार पारिसक्नुपर्ने भएकाले चुरोट कारखानाको तीन भीआईपी भवन छानिएको हो ।’ कारखानाका जीएम, डीजीएम र गेस्ट हाउस गरी तीन ब्लकमा रंगरोगन, सरसफाइ, विद्युत्, पानी र फर्निचरका काम अघि बढाइएको उनले जानकारी दिए ।

यसअघि भौतिक संरचना अध्ययनगर्न गठित कार्यदलले मुख्यमन्त्री, सभामुखको कार्यकक्ष जिल्ला शिक्षा कार्यालय र शैक्षिक तालिम केन्द्रमा तोकेको छ । सहरी विकास डिभिजन कार्यालयको जनता अवासको कार्यालय प्रदेश मुख्य सचिवका लागि प्रस्ताव गरिएको छ । कान्तिपुरबाट 

विशेष