News

पाल्पामा गोली चल्यो एक जनाको मृत्यु

पाल्पामा गोली चल्यो एक जनाको मृत्यु


काठमाडौ । गोली लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । तिनाउ गाँउपालिका ६ मस्यामको छत्तिवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलार्इ हानेको गोली लागेर छिमेकी धनबहादुर थापाको ज्यान गएको जिप्रका पाल्पाले जनाएको छ ।

‘भरुवा बन्दुकको गोली झुकिकएर लागेको भन्ने छ’, प्रहरी निरीक्षक चन्द्र बहादुर थापा मगरले भने । गोली लागेपछि घटना स्थलमै उनको ज्यान गएको र गोली हान्ने बलबहादुरलाई बन्दुकसहित प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । पीडित पक्ष आक्रोशित भएका छन् ।

विशेष