News

रहेनन् युवा उद्योगी अग्रवाल

रहेनन् युवा उद्योगी अग्रवाल


काठमाडौं । युवा उद्योगी मनिषकुमार अग्रवालको ४५ बर्षको उमेरमा अल्पआयुमै निधन भएको छ ।

अग्रवालको शनिवार राती निधन भएको परिवार स्रोतले जानकारी दिएको हो । केही समय अगाडीदेखि क्यान्सर रोगको उपाचारको लागि दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएका उनको निधन सोहि अस्पतालमा भएको हो ।

नेपालमा लामो समयदेखि चीनी, ध्यू, तेल, प्लाष्टिकलगायत उद्योगमा लगानी गरेका उनी असल व्यवसायीको रुपमा परिचित थिए ।

अग्रवाल पार्थिबशरिर संस्कारको लागि नेपाल ल्याउने या नल्याउने भन्ने टुङ्गो लागिसकेको छैन ।

नेपाल उद्योग वणिज्य महासंघका निर्यात प्रर्वद्धन समितिका सभापतिसमेत रहेका अग्रवाल विगत लामो समयदेखि चेम्बर आन्दोलनमा सक्रिय व्यवसायी हुन् ।

विशेष