सुन्दर युवती, जसलाई पाकिस्तानी पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले ‘लाईन मारे’ !
नवाज सरिफ र परवेज मुसर्रफले ‘लाईन मारेकी’ मुस्लिम युवती को हुन् ?
एजेन्सी । कुनै मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिले एक सामान्य युवतीलाई ‘लाईन मारे’ भन्ने सुन्दा कस्तो लाग्छ ? लाडिएको पारामा युवतीलाई पुरुषले छेडखानी गर्ने कुरालाई बोलीचालीको भाषामा ‘लाईन मार्ने’ भनिन्छ ।
हो । पाकिस्तानी एक युवती त्यहाँका पूर्व राष्ट्रपति परवेज मुसर्रफ र पूर्व प्रधानमन्त्री नवाज सरिफले ‘लाईन मारे’ भन्दै चर्चामा आएकी छन् । सुन्दा अनौठो र अपत्यारिलो पनि लाग्छ तर अहिलेसम्म ति युवतीको दाबीबारे मुसरफ र सरिफले स्पष्टोक्ति दिएका छैनन् ।
युवतीले भने उनीहरुले जहाजमा यात्रा गरिरहँदा केही वर्षअघि ‘लाईन मारेको’ बताएकी हुन् । उनीहरुले नाम सोधेर हाँस्दै साँझको खानाको लागि अफर गरेको पनि उनको दाबी छ ।
युवाहरुको लोकप्रिय रियालिटी शो ‘रोडिज’ का लागि अन्तरवार्ता दिने क्रममा एक सुन्दर युवती आश्मा राजपूतले यस्तो बताएकी हुन् । मुस्कुराउँदै उनले दिएको यस्तो अभिव्यक्ति एचटिभीले भने अपत्यारिलो भन्दै उनको यस्तो अभिव्यक्तिमा सत्यता नभएको बताएको छ ।
यद्यपि, पाकिस्तान र भारतभर केही समययता उक्त अन्तरवार्ताको भिडियो भाइरल नै बनेको छ । रोचक त के भने, सेलिब्रिटी बन्ने उद्धेश्यसाथ रोडिजमा भाग लिएकी ति युवती छनोटमा त परिन् नै सोही अन्तरवार्ताको कारण सेलिब्रिटी पनि बनिन् ।