News

दिपक मनाङ्गेले सपथ लिएनन, अर्का सांसदपनि गएनन्

दिपक मनाङ्गेले सपथ लिएनन, अर्का सांसदपनि गएनन्


पोखरा । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य श्रेष्ठलाई शपथ गराएपछि उनले प्रदेश सांसदहरुलाई शपथ गराएका हुन् ।

श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुखबाट सपथ लिएका हुन् । आफूले सपथ लिएलगत्तै उनले प्रदेश नम्बर ४ का ५८ जना प्रदेशसभा सदस्यहरुलाई पोखराको नदीपुरस्थित प्रदेश सभाहलमा सपथ गराएका हुन् ।

सपथमा दुई जना सांसद भने सहभागी भएनन् । मनाङबाट निर्वाचित सांसद दिपक मनाङ्गे र तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ सपथमा सहभागी नभएका हुन् ।

मनाङ्गे फरार छन् भने रामबहादुर गुरुङ देशबाहिर रहेका कारण सपथमा सहभागी नभएको बताइएको छ ।

विशेष