News

सिलवाल खोज्न १ सय ६५ जना प्रहरीको फौज भट्टेडाँडामा

सिलवाल खोज्न १ सय ६५ जना प्रहरीको फौज भट्टेडाँडामा


काठमाडौँ । एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।


आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पुगेको बताइएको छ ।

 

सिलवाललाई खोज्न प्रहरी टोली भट्टेडाँडा पुगेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले भने, ‘सर्च गर्न पठाएका थियौं, तर फेला नपरेपछि टोली फर्किसकेको छ ।’

 

शनिवार एक अनलाईनलाई भाईबर मार्फत् अन्तर्वार्ता दिएका सिलवालले आफु भट्टेडाँडामा प्रहरीहरुसँगै रहेको अभिव्यक्ति दिएका थिए ।

 

आईतबार बिहान महानगरीय प्रहरी कार्यालयका डिएसपी पोखरेलको कमाण्डमा १५० जनाको फौज भट्टेडाँडा पुगेको थियो । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरले थप १५ जनाको सपोर्ट फोर्स पठाएको एसएसपी ऐरले जानकारी दिए । सिलवाल भट्टेडाँडामा फेला नपरेपछि जम्बो संख्यामा पुगेको प्रहरी टोली फिर्ता भएको छ ।

विशेष