News

किन पुगिन हिमानी बागेश्वरी मन्दिर

किन पुगिन हिमानी बागेश्वरी मन्दिर


नेपालगञ्ज । विगत पाच दिनदेखि पूर्व राजपरिवार सहित नेपालगन्जमा रहेकी पूर्व युवराज्ञी हिमानी शाहले प्रसिद्ध शक्तिपिठ बागेश्वरीको दर्शन गरेकी छन् ।

मंगलबार विहान पूर्व युवराज्ञी हिमालीले बागेश्वरी माताको पूजाआजा गरेकी हुन् । उनले मन्दिर क्षेत्रमा रहेको शिव मन्दिरमा समेत पूजाआजा गरेकी छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व रानी भने बागेश्वरी मन्दिर दर्शनका लागि गएका छैनन् ।

स्रोतका अनुसार, एक साता भन्दा बढी समय नेपालगन्जमा बिताउने योजनामा रहेका पूर्व राजा शाह पनि बागेश्वरी मन्दिरको दर्शन गर्ने छन् । नेपालगन्जमा रहेका पूर्व राजा ज्ञानेन्द्रले स्थानीय व्यवसायी, सुरक्षा अधिकारी, विभिन्न व्यक्तिहरुले भेटघाट गरेका छन् ।

विशेष