गिद्धबारे रोचक तथ्यः शर्प मात्रै हैन, जमिनबाट चिम्पान्जी समेत टपक्कै टिपेर उड्छन् गिद्धहरु
एजेन्सी । गिद्धलाई सृष्टिकै आकर्षक पंक्षीको रुपमा हेरिन्छ । शक्ति, चाल, तेज आँखा र अद्भुत शिकार शैलीका कारण गिद्धलाई विश्वभर रहस्यमय पंक्षीको रुपमा बुझिन्छ ।
विश्वका कतिपय स्थानमा पाइने गिद्ध त अपत्यारिला नै हुन्छन् । गिद्धले शर्प मात्रै टिपेर हिँड्दैनन्, तिनले त भेडा, बाख्रो, कुकुर, बिरालो जस्ता जनावरलाई टपक्कै टिपेर उड्न सक्छन् ।
खासगरी अफ्रिका तथा युरोपका घना जंगलमा भेटिने गिद्ध त्यस्ता शक्तिशाली हुने विभिन्न खोज भएका छन् । तिनले साँच्चिकै अपत्यरिलो तरिकाले आफ्नो शिकारलाई हमला गर्छन् ।
गिद्ध सबैभन्दा उचाइमा उड्ने पंक्षी त हो नै, आकाशमै धेरै समय बिताउने पंक्षी पनि हो । तिनले आफ्नो उडान यतिसम्म भर्छन् कि बादल भन्दा पनि अझ माथि उड्न सक्छन् ।
अचम्म त यो छ कि, गिद्धहरुले अन्य जवारद्धारा मारिएका शिकारलाई खाँदैनन् बरु आँफैले शिकार मारेर खाने गर्दछ । र उनीहरु घातक रुपमा हमला गर्छन् ।
संसारभर गिद्धहरुको प्रजाति लगभग ४० भन्दा पनि धेरै भएको विश्वास छ ।
१. हरिपा गिद्ध
यसको चाल निकै तीव्र हुन्छ । कुनै पनि शिकारलाई यसले आफ्नो पञ्जामा यसरी दबाउँछ त्यस पश्चात कुनै पनि आहारालाई त्यसबाट फुत्किन निकै गाह्रो हुन्छ । यसले चिम्पान्जीको समेत शिकार गर्ने गर्दछ ।
२. माछा गिद्ध
यसको तेज आँखाका कारणले कुनै पनि ठाउँमा भएका पानी मुनिका जीवहरुलाई सजिलैसँग आफ्नो आहार बनाउन सक्छ ।
३. स्टेलर्स गिद्ध
यो खैरो तथा सेतो रङ्घ मिश्रीत हुन्छ । खासगरि यीनीहरुको बास– स्थान बढि हिउँ पर्ने ठाउँमा हुने गर्दछ । यीनीहरुको आहारा पनि माछानै पर्दछ ।
४. ब्यालक (कालो) गिद्ध
घना जङ्गलमा यीनीहरुको बास रहने गर्दछ । नेपालमा पनी यो प्रजातिका गिद्धहरु उच्च पहाडि भागमा पाइन्छन् । यसले आफ्नो आहारको लागि पक्षीहरु,काले भ्याकुर तथा खरायो को शिकार गर्ने गर्दछ ।
५. बाल्ड गिद्ध
यसको चाल निकै तीव्र हुन्छ । शिकारलाई यसले पानी रहने जीवलाइनै चय गर्दछ । माछा,हाँस यसका आहार हुन् ।
६. गोल्डेन गिद्ध
यो सुनौलो रङ्घ आकारको हुन्छ । यसको उडान गति पनि निकै तीव्र हुन्छ । उच्च पहाडि भू–भागमा यसको बास–स्थान रहेको छ । तीव्र दृष्टि गतिका कारणले गर्दानै आफ्नो शिकारलाई सजिलै सँग शिकार गर्छ । र यसले मुख्य रुपमा खरायोको शिकार गर्दछ ।
७. व्हाइट बेलड सागर गिद्ध
सेतो रङ्घको यस गिद्धहरु बढी समुद्री क्षेत्रहरुमा पाइन्छन् । यीनीहरुले पानि मुनी रहने जीवलाई आफ्नो शिकार बनाउने गर्दछ । पानी भित्र रहने सर्प यीनीहको मुख्य आहार हो ।