News

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध काठमाडौं प्रहरी परिषद्ले पक्राउ पुर्जी जारी गरेको हो ।

आइजिपीमा बढुवासम्बन्धी मुद्दामा कार्यसम्पाद मूल्यांकन किर्ते गरेको आरोपका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान जारी थियो । कासमूसम्बन्धी कागजात किर्ते गरेको पुष्टि भएपछि सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी प्रवक्ता एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन् ।

Nabaraj Silwal

विशेष