News अपराध सुरक्षा

तीन लाख घुससहित असई पक्राउ

तीन लाख घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयकाअनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई सोमबार बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत् रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैंसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक–पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए । 

CIAA

विशेष