News

प्रहरी नै भक्षक भएपछि...

प्रहरी नै भक्षक भएपछि...


बिरगञ्ज । बिरगञ्ज महानगरपालिका–१६ नगवा भुटनदेबि माइ मन्दिरका पुजारी भूषण पासवान दासकी १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले नै एउटा आखा फुटाइदिएको छ ।

 

आइतबार प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लठ्ठी लागि मुनीको बायाँ आँखामा गम्भीर चोट लागि फुटेको छ । लाठी प्रहार गरर गम्भीर घाइते भएकी मुनीलाई अस्पताल पुर्याउनुको साटो प्रहरी शाह फरार भएका थिए । प्रहरीले घटनालाइ लुकाउने प्रयास गरे पनि घटना बाहिर आएको हो ।

 

प्रहरी जवान झाले घटना घटाए लगतै जिल्ला प्रहरी कार्यालयमा पुगि डिएसपि राजन लिम्बुसँग १० दिने बिदा स्वीकृत गराइ भाग्ने प्रयास गरेपनि प्रहरी चौकीका इन्चार्ज रहेका प्रहरी हवल्दार रन बहादुर बम जान दिएका छैनन । उनका ५ जना छोरी रहेका छन । जेनतेन गरि आफ्नो जिबिकोपार्जन गर्दै आएका भुषणको यो घटनाले अत्यन्त चिन्तित बनाएको छ ।

 

उनले भने फागुन महिनामा छोरीको बिहेको लागि आफन्त कहा“ कुराकानी चलाइ रहेका थिए, छोरी गाई गोठ नजिकै काम गरि रहेको अवस्थामा प्रहरीले चलाएको लठ्ठी लागि मेरो छोरीको भबिष्य नै अन्धकारमय प्रहरीले बनायो । उनले गुनासो पोखे ।

विशेष