कत्तिको गाह्रो छ प्रधानमन्त्रीलाई आमा बन्न?
करिब ३० वर्षअघि बेनजीर भुट्टो पाकिस्तानकी प्रधानमन्त्री पदमै रहँदा आमा बनेकी थिइन्। उनले आफ्नी छोरी बख्तावरलाई सन् १९९० को ज्यानुअरीमा जन्म दिएकी थिइन्।
अहिले न्यूजिल्याण्डकी ३७ वर्षीया प्रधानमन्त्री जसिण्डा आर्डन संसारकी दोस्री नेतृ हुन लागेकी छन् जो प्रधानमन्त्री हुँदा नै आमा बन्नेछिन्। तर सन् १९९० मा बेनजीरलाई आमा बन्न त्यति सहज थिएन।
जिम्मेवारी
प्रधानमन्त्रीले सुत्केरी बिदा पाउँदैनन् भनेर उनले खप्की खानुपरेको थियो। त्यतिबेला पत्रपत्रिकाहरूमा राष्ट्रिय सभाकी नेतृबारे यस्तो समाचार छापिएको थियो, प्रधानमन्त्री भइरहँदा भुट्टोले दोस्रो बच्चालाई जन्म दिनेबारे सोच्न हुँदैन थियो।
समाचारमा लेखिएको थियो, अगुवाहरूबाट मानिसहरूले त्याग अपेक्षा गर्छन्। तर हाम्री प्रधानमन्त्रीलाई त सबै चाहिन्छ मातृत्व, पारिवारिक सुख, जिम्मेवारी, तडकभडक। यस्ता मानिसलाई लोभी भनिन्छ।
न्यूजिल्याण्डकी ३७ वर्षीया प्रधानमन्त्री जसिण्डा आर्डन
सन् १९८८ मा प्रधानमन्त्री बन्नुअघि पनि जब बेनजीर गर्भवती थिइन् र त्यतिबेला उनी गर्भवती हुनुलाई एक खालको राजनीतिक अस्त्र बनाइएको थियो।
बीबीसीका लागि लेखेको प्रेग्नेन्सी एण्ड पोलिटिक्सु नामक लेखमा उनले भनेकी थिइन्, सन् १९७७ पछि जिया उल हकले पहिलोपटक पाकिस्तानमा लोकतान्त्रिक तरिकाले चुनाव गराउने घोषणा गरेका थिए किनभने उनलाई थाहा थियो कि त्यतिबेला म गर्भवती थिएँ। र, उनलाई लागेको थियो कि एक गर्भवती महिलाले चुनावी अभियान चलाउन सक्दिनन्।ू
तर म सक्थेँ, मैले गरेँ र चुनाव जितेर त्यस्तो धारणालाई गलत साबित गरिदिएँ।
परिस्थिति
सन् १९८८ मा भएको चुनावको केही महिनाअघि उनको छोरा बिलावलको समय अगावै जन्म भयो र बेनजीर प्रधानमन्त्री बनिन्। निसन्देह ३० वर्षपछि परिस्थिति केही हदसम्म फेरिएको छ। तर पनि समस्या भने उस्तै छ।
पुरूष राजनीतिज्ञहरूले राजनीतिमा मात्रै ध्यान दिन सक्छन् भने महिलाहरूले चाहिँ राजनीतिबाहेक विवाह, बच्चा जस्ता विषयमा पनि ध्यान दिनुपर्छ।
त्यति मात्रै होइन पदमा रहँदा बच्चा जन्माउने कि नजन्माउने भन्नेबारे पनि उनीहरूले सोच्नुपर्छ। सन् २००७ मा अस्ट्रेलियाकी जुलिया गिलार्डबारे ुबाँझी र शासन गर्नका लागि अनुपयुक्तु भन्ने शब्द प्रयोग गरेका थिए।
तर जुलिया त्यसपछि त्यहाँकी प्रधानमन्त्री बनेकी थिइन्। ती ठूला नेताले जुलियाका सन्तान छैनन् भनेर उनी सत्ता चलाउन अयोग्य भएको बताएका थिए।
कुशल
गत वर्ष ब्रिटेनको संसदीय चुनावअघि एक गर्भवती महिला उम्मेदवारबारे एकजना स्थानीय नेताले भनेका थिए, उनी त बच्चाको थाङ्ना बदल्नमै व्यस्त हुन्छिन्, उनले जनताको आवाज के उठाउन सक्छिन्रु एक गर्भवती महिला कुशल सांसद कसरी बन्न सक्छिन्रुू
जर्मनीकी एंगेला मर्केल हुन् वा भारतकी मायावती, महिला नेतृहरूलाई विवाह नगरेको वा बच्चा नजन्माएको कारणले खप्की सुन्नुपर्छ।
सन् २००५ मा चुनाव प्रचारप्रसारका क्रममा मर्केलका बारेमा यस्तो भनिएको थियो, मर्केलको जुन व्यक्तिगत विवरण छ त्यसले देशका धेरैजसो महिलाहरुको प्रतिनिधित्व गर्दैन।
यसमा पनि भन्न त्यही खोजिएको थियो कि उनी आमा होइनन्। त्यसैले उनले परिवारसँग जोडिएका विषयहरू बुझ्न सक्दिनन्।
भारतमा जब मायावती मुख्यमन्त्री बनेकी थिइन् तब उनले जेलमा रहेका वरूण गान्धीसँग भेट्न मेनका गान्धीलाई अनुमति दिएकी थिइनन्।
यसबारे मेनकाले भनेकी थिइन्, एउटी आमाले मात्रै मेरो भावनालाई बुझ्न सक्छिन्।
स्तनपान
राजनीतिक यात्रामा गृहस्थी र बच्चालाई पनि सम्हाल्नुपर्ने जिम्मेवारी जब महिला नेतृमा आइपर्छ तब सामाजिक र पारिवारिक समर्थन उनलाई चाहिन्छ।
ब्रिटेनमा सन् २०१२ मा डा। रोजी क्याम्बेल र प्राध्यापक साराको एक अध्ययनका अनुसार आमनागरिकको तुलनामा महिला सांसदको बच्चा नजन्मने सम्भावना दुई गुणाले हुन्छ।
साथै जब ब्रिटेनमा महिला पहिलो पटक संसद्मा आउँछन्, तब औसतमा उनीहरूको पहिलो सन्तान १६ वर्षको हुन्छन्।
सहज
हुन त कैयौँ देशमा महिला सांसदको लागि नयाँ प्रावधान लागू गरिएको छ जसले गर्दा महिलाहरूले बच्चाको जिम्मेवारीका साथै संसद्को कामकाज पनि सहज तरिकाले गर्न सक्छन्।
अष्ट्रेलियामा सन् २०१६ मा सदनको चेम्बरमा महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउन पाउने अनुमति दिइएको थियो।
सन् २०१७ मा यसरी सदनमा बच्चालाई स्तनपान गराउने पहिलो महिला सांसद ल्यारिसा वाटर्स बनेकी थिइन्।
अहिले चाहिँ विश्वको ध्यान न्यूजिल्याण्डकी प्रधानमन्त्रीमाथि छ।