विदेश

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

इन्डोनेसियाको राजधानी जाकार्तामा शक्तिशाली भूकम्प गएको छ । मंगलबार ६.१ म्याग्निच्यूडको भुकम्प गएको हो । भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

 

भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । त्यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मंगलबार खाली रहेका बताइएको छ ।

 

भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै विवरण प्राप्त नभएको जनाइएको छ । 

 

यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण–पश्चिममा १० किलामिटर गहिराइमा रहेको इन्डोनेसियाली भूगर्भ विभागले जानकारी दिएको छ । इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ ।

विशेष