News

वर्षमान र ओनसरी थाइल्याड जाँदै, यस्तो छ कारण

वर्षमान र ओनसरी थाइल्याड जाँदै, यस्तो छ कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन नियमित स्वास्थ्य परिक्षणका लागि थाईल्याण्डको बैंकक जाँदैछन् ।

आज दिउँसो १ः५५ बजेको थाई एयरवेजको नियमित उडानबाट अनन्त बैंकक जान लागेका हुन् । जण्डीसबाट पिडित अनन्त रोग निको बनाएको बैंकक स्थित समितिभेज अस्पतालमा स्वस्थ्य परिक्षण गराउन निवर्तमान सभामुख ओनसरी घर्तीसंगै जान लागेका हुन् ।

भारत र नेपालमा उपचार गराउदा लामो समयसम्म निको नभएपछि अनन्तको बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि नियमित स्वस्थ्य परिक्षणका लागि अस्पतालले नै ताकेता गरेपनि नेपालको राजनीतिक अवस्थाका कारण अनन्त ३ पटक सम्म भ्रमण स्थगित गरेर बसेका थिए ।

एमाले–माओवादीले भावी सरकारका विकाश र सम्बृद्धिको अध्ययन गर्न गठित कार्यदका सदस्य समेत भएकाले राजनीतिक कामलाई मध्यनजर गर्दै अनन्त तुरुन्तै फर्कन लागेको सचिव पुनले बताए ।

विशेष