विदेश

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्षको जेल सजाय

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्षको जेल सजाय

एजेन्सी । भारत विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । पशुपक्षीको दाना घोटालासम्बन्धी अर्को मुद्दामा यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको हो ।

 

बुधबार राँचीस्थित सीबीआइको विशेष अदालतले ‘चाइबासा कोषागार’सँग जोडिएको ३३ करोड ६७ लाखभन्दा बढी भारतीय रुपैयाँको नक्कली बिल बनाएर रकम निकासा दिएको मुद्दामा लालुविरुद्ध यो सजाय सुनाएको हो । यो घोटाला २१ वर्ष पुराना भएको बताईएको छ ।

 

राष्ट्रिय जनता दलका अध्यक्ष रहेका लालुसँगै उक्त कान्डमा जोडिएका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रलाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ । यसअघि, जनवरी ६ मा चारा घोटालाकान्डमा दोषी पाइएपछि लालुलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो । यस मुद्दामा दोषी पाइएका लालुलाई हाल बिरसा मुन्डा केन्द्रीय कारागारमा राखिएको छ ।

विशेष