विदेश

कारबम विस्फोटमा ३० को मृत्यु, दर्जनाैँ घाइते

कारबम विस्फोटमा ३० को मृत्यु, दर्जनाैँ घाइते

बेनगाजी । लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ । जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् ।


अन्य सहर भन्दा शान्त मानिने बेनगाजी सहर गत बर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो । सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गर्नु भएको थियो । जिहादीविरुद्ध बेनगाजीमा तीन बर्षे अभियान नै चलाइएको थियो । तर पनि हिंसात्मक घटना भने निरन्तर रुपमा भइरहेका छन् ।


मंगलबार भएका दुई घटनामध्ये पहिलो घटना भएर सुरक्षाकर्मी र आपतकालिन उद्धारकर्ताहरूले उद्धार गरिरहेको समयमा केही बेरमा अर्को घटना भएको थियो । सहरमै रहेको अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिए ।


त्यसैगरी अर्को बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौ जनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताए । चिकित्सा अधिकारीले घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

विशेष