विदेश

सिड्नीकाे रेल सेवा अस्तव्यस्त हुँदै

सिड्नीकाे रेल सेवा अस्तव्यस्त हुँदै

अष्ट्रेलियाको सिड्नी सहरको रेल सेवा भोली विहीबारदेखि अस्तव्यस्त हुने भएको छ। तलब तथा सेवा सुविधाको माग गर्दै कर्मचारी अान्दाेलित बनेपछि रेलसेवा प्रभावित हुने भएकाे हाे । 

 

केही समयदेखि सिड्नीका रेल कर्मचारी सेवा सुविधाकाे विषयमा अान्दाेलन अगाडि बढाउँदै अाएका थिए । 

 

सरकारले आन्दोलनकारी कर्मचारीको सेवा सुविधा बढाइदिने प्रस्ताव राखे पनि कर्मचारीहरुले तलब वृद्धिको प्रस्ताव आफूहरु सन्तुष्ट हुन नसक्ने हिसाबले गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

‘प्रस्ताव अपूरो आयो, त्यसकारण हामी आन्दोलन गर्न बाध्य भएका छौँ’, कर्मचारीहरूको भनाई छ ।

 

रेल कर्मचारीको आन्दोलनका कारण पूरा असर रेल सेवामा पर्ने भएको छ भने भोलि विहिबारदेखि सिड्नीमा निकै कम संख्यामा मात्र रेल चल्ने छ ।

 

न्यु साउथ बेल्स यातायातले यात्रुहरूलाई आफूले रेलमार्फत यात्रा गर्ने समय तालिकामा हेरफेर गर्न अनुरोध गरिसकेकाे छ ।

विशेष