News

६५ वर्ष पुगेकालाई वृद्ध भत्ता उपलब्ध गराउने निर्णय

६५ वर्ष पुगेकालाई वृद्ध भत्ता उपलब्ध गराउने निर्णय

काठमाडौं । सरकारले सामाजिक सूरक्षा अन्तर्गत ६५ बर्ष पुगेका सबैलाई वृद्ध भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको आज प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ७० बर्ष उमेर पुगेकाहरुलाई सरकारले सामाजिक सूरक्षा अन्तर्गत मासिक दुई हजार रुपैयाँ वृद्ध भत्त उपलब्ध गराउदै आएको थियो ।

यसैगरी भुकम्प पिडित र वाढी पिडितलाई थप एकलाख रुपयाँ अनुदान दिने निर्णय बैठकले गरेको सूचना तथा सञ्चार मन्त्री मोहनवहादुर वस्नेतले जानकारी दिए ।

Baluwatar bridha vatta

विशेष