विदेश

स्कुलमा अन्धाधुन्ध गोली प्रहार २ जनाको मृत्यु १७ घाइते

स्कुलमा अन्धाधुन्ध गोली प्रहार २ जनाको मृत्यु १७ घाइते


काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको छ ।

१५ वर्षका छात्रले विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा अन्य सत्र जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । प्रहरीले उनलाई पक्राउ गरेको छ । तर परिचय भने खुलाएको छैन ।

घटनाको १५ मिनेटभित्र गोली चलाउने छात्रलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । कक्षा सुरु हुनु पूर्व त्यहि विद्यालयमा पढ्ने छात्रले ह्याण्डगन मार्फत अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

विशेष