विदेश

लिबियामा बम विष्फोट २२ जनाको मृत्यु

लिबियामा बम विष्फोट २२ जनाको मृत्यु

 

काठमाडौं । लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ ।


लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण छन् ।

पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् । जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

विशेष