विदेश

यौन पिपासु यी डाक्टरलाई १ सय ७५ वर्ष जेल सजाय

यौन पिपासु यी डाक्टरलाई १ सय ७५ वर्ष जेल सजाय

एजेन्सी । अमेरिकाको एक अदालतले अमेरिकामा पूर्व डाक्टर लरी नस्सारलाई १सय ७५ वर्षको जेल सजाय सुनाएको छ ।अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर नस्सारलाई यौन शोषणको आरोपमा १सय ७५ वर्षको जेल सजाय सुनाएको हो ।

१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् । नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो ।

उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । ५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।

 

विशेष