News

धुर्मुुस सुन्तलीको नमुनावस्तीमा पुगे गगन थापा, भने होस्टे मा हैंसे गरौं

धुर्मुुस सुन्तलीको नमुनावस्तीमा पुगे गगन थापा, भने होस्टे मा हैंसे गरौं


काठमाडौं । दलित नमूना बस्ती बनाइरहेका कलाकार जोडी सीताराम कट्टेल धुर्मुस कुञ्जना घिमिरे सुन्तलीलाई हौसला दिन नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापा रौतहटको चन्द्रपुर नगरपालिका ८ को दलित बस्ती पुगेका छन्।

बिहीबार दलित बस्ती पुगेका थापाले धुर्मुस र कुञ्जनाको कामको प्रशंसा गरे। उनले कलाकार जोडीको काममा खटाइ र व्यवस्थापन देखेर आफू चकित भएको बताए। थापासँगै कांग्रेस नेता धनराज गुरुङ पनि उक्त बस्तीमा पुगेका छन्। धुर्मुस सुन्तली फाउन्डेसनुमार्फत चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा दलित नमूना बस्ती निर्माण गरिरहेका धुर्मुस र सुन्तलीलाई १ करोड रुपैयाँ अभाव भएकाले सहयोग गरिदिन पनि थापाले अनुरोध गरे।

उक्त नमूना बस्तीको लागत ५ करोड ९५ लाख रहेको छ। थापाले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर उक्त बस्तीका लागि अभाव भएको रकम सहयोग गरिदिन आग्रह गरेका छन्। उनले सीताराम कट्टेल शीतलहरका बेला पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म काममा खटिरहेको देख्दा प्रेरणा मिलेको बताएका छन्।

उनले धुर्मुस सुन्तलीको चौथो नमूना बस्ती निर्माणमा अभाव भएको रकम सहयोग गरिदिन देश तथा विदेशमा रहेका नेपाली र सहयोगीहरुलाई आग्रह गरेका छन्। उक्त बस्ती यसै महिना सम्पन्न गरेर राष्ट्रपतिमार्फत हस्तान्तरण गरिने जानकारी दिइएको छ। गगनले भनेका छन्, उहाँहरुले आँट गर्नुभएको छ, हामीले होस्टेमा हैंसे गर्ने हो।

विशेष