News भिडियो

युवाकाे इनर्जीबाट प्रभावित भइन् अभिनेत्री केकी (भिडियोसहित)

नेपालमै बनेको ‘मोतिका’ले लोभ्यायो केकी अधिकारीलाई

युवाकाे इनर्जीबाट प्रभावित भइन् अभिनेत्री केकी (भिडियोसहित)
  • शब्द-नेत्र पाैडेल/तस्विर-चन्द्र रार्इ

काठमाडौं । भृकुटीमण्डपस्थित जारी क्यान ईन्फोटेक मेलामा आईटी सम्बन्धी वस्तु किन्न र हेर्न जानेको भीड छ । थुप्रै सामान यहाँ बेच्नका लागि राखिएका छन् । र केही प्रदर्शनीका लागि पनि । प्रदर्शनका लागि राखिएका केही नेपाली उत्पादन खास आकर्षणको वस्तु बनेका छन् ।

 

बिहीबार दिउसो २ बजेतिर पनि अघिल्लो दिन झैँ घना भीड थियो । अचानक ठूलो आवाजसहित चलिरहेको एउटा गाडीले सबैको ध्यान खिच्यो । अवलोकनकर्ताहरु धकेला धकेल गर्दै गाडी भएतिर लम्किए । छिनभरमै त्यहाँ ठूलो भीड लाग्यो ।

 

सबैको आँखा एउटा अनौठो गाडीमा थियो । र गाडीसँगै बसेकी एक सुन्दर युवतिलाई पनि धेरैले उत्सुकतासाथ हेरिरहे । युवति हाँस्दै खुसीसाथ गाडीको स्टेरिङ समातेर बसिरहेकी थिइन् । कालो चस्मा लगाएर क्यामेरातिर मुस्कान छर्दै हात हल्लाउँदै थिइन् ।

 

खासमा ति युवति थिइन् अभिनेत्री केकी अधिकारी । उनी त नेपालमा बनेको गाडी भएकाले त्यसको ‘प्रोमोशन’ का लागि त्यहाँ बसेकी रहिछन् ।

 

 

उनको छेउमै रहेका अर्का युवक, जसले गाडीको ठूलो आवाजले अवलोकनकर्ताको ध्यान तान्दै थिए । उनीहरु दुबै बसेर तिब्र गतिमा केही बेर गाडी दगुराए । साँच्चिकै गाडी पनि अनौठो छ । दुई वटा गाडीको र एउटा मोटरसाईकलको गरी तीन पांग्रा भएको उक्त गाडी नेपाली युवाहरुले नै यही तयार पारेका थिए ।

 

सीट पनि कारको फिट गरिएको । ईन्जिन भने मोटरसाइकलको । साइलेन्सर सीटभन्दा पछाडि माथि ठडिएको, ढोका छैन, छत सबै खुल्ला । कारको स्टेरिङ । कारमा जस्तै एक्सिलेटर, क्लज र ब्रेक खुट्टाले संचालन गर्न मिल्ने । सीट क्षमता भने जम्मा दुई । हेर्दा रेसिङ्ग कार जस्तो । निकै आकर्षक उक्त गाडी काठमाडौंस्थित पुलचोक ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अफ्नो प्रोजेक्ट वर्कको रुपमा तयार पारेका हुन् । केकीको छेउमा बस्ने ति युवक पनि उक्त गाडी निर्माण गर्ने मुख्य ४ मध्ये एक हुन् ।

 

विहीबारदेखि सुरु भएको क्यान इन्फोेटेक मेलाको प्रमुख आकर्षणको केन्द्र बनेको उक्त गाडी निर्माण चार विद्यार्थीहरु अमित पण्डित, दिपेश बुढाथोकी, रविकान्त चौधरी र बसन्त आलेले तयार पारेका हुन् । उनीहरु मेकानिकल इन्जिनियरीङ चौँथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

 

राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा क्यान महासंघको आयोजनामा बिहीबार सुरु भएको सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण क्यान इन्फोटेकको पहिलो दिन नेपाली विद्यार्थीले निर्माण गरेको तीन पांग्रे प्रमुख आर्कषणको केन्द्र बनेको हो ।

 

जसलाई हौसला प्रदान गर्न पुगेकी थिइन् अभिनेत्री केकी अधिकारी । माघ १६ गतेसम्म संचालन हुने सो मेलामा २ सय भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा रखिएको भए पनि उक्त तीन पांग्रे गाडीप्रति अवलोकन कर्ताको विशेष चाजो दखिन्थ्यो ।

 

प्रदर्शनी अवलोकन गर्न आएकी अभिनेत्री केकी अधिकारीको ध्यान खिच्न मात्रै सफल भएन कि उनी गाडीमा चडेर गाडी सयरको मज्जा लिन समेत भ्याइन् ।

 

गाडीको सयरपछि अनुभव साट्दै उनले नेपाली विद्यार्थीले बनाएको गाडी चढ्न पाउँदा आफू खुसी हुनुका साथै गर्व महसुस गरेको बताइन् । उनले विद्यार्थीहरुलाई थप नयाँ गाडी निर्माण गर्न हौसला दिँदै आफूले आवश्यक आर्थिक सहयोगका बताइन् ।

 

‘मोतिका’ नाम दिइएको उक्त गाडी झण्डै ६ लाखको खर्चमा निर्माण गरेको अमित पण्डितले बताए । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरेर गाडी बनाएको भन्दै सरकारको सहयोग मिलेको अवस्थामा निकट भविष्यमा अरु गाडी पनि निर्माण गर्न इच्छुक भएको उनको भनाइ छ । उनका अनुसार पेट्रोल र ब्याट्रीबाट चल्ने माेतिका शारीरिक असक्तता भएका व्यक्तिलाई अति उपयुक्त हुनेछ ।

 

 

विशेष