एक्कासी मरे कमलपोखरीका माछा
काठमाडाैं । काठमाडौंको रानीपाेखरीबाट कमलपोखरीमा सारिएका माछा मरेका मर्न थालेका छन । फोहोर र धमिलो पानीका कारण माछा मरेको भन्ने अनुमान गरिएपनि माछा एक्कासीइ किन म¥यो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन् ।
पोखरी ब्यवस्थापन समितिले मरेको माछाको ब्यवस्थापन नगदार्द यतिबेला कमलपोखरी क्षेत्र दुर्गन्धित बनेको पैदलयात्रीहरु बताउँछन् । उनिहरुका अनुसार पोखरी आसपासमा आवतजावत गर्दा नाक थुन्नुपर्ने अवस्था आएको छ ।
मरेका माछाको दुर्गन्धका कारण कमलपोखरी आसपास यसरी नाकै थुनेर हिड्नुपर्ने बाध्यता रहेको एक स्थानियको भनाई छ । एकसाता अघिदेखि यहाँका माछा एक्कासी मर्न थालेका हुन् । पोखरीको भित्तादेखि पेटिसम्म मरेका माछा असरल्ल छोडिएको छ ।
मरेका माछा कुकुर र कागले जताततै पु¥याएका छन । तर यसप्रति न त महानगरपालिकाको ध्यान पुगेको छ न त पोखरी ब्यवस्थापन समितिको नै । स्थानियहरुले माछा किन मरे भन्नेमा चासो नदिएको काठमाडौं महानगरपालिकाले मरेका माछाको व्यवस्थापनमा चासो दिन्छ भनेर आश गर्नु बेकार भएको गुनासो गरेका छन् ।
भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुननिर्माण गर्नुपर्ने भएपछि २०७३ को मंसिरमा त्यहाँका करिव ४ सय माछा कमलपोखरीमा सारिएको कमलपोखरी स्पोट्र्स क्लवका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनले साँघुरो र थोरै पानी भएको क्षेत्रमा अधिक संख्या भएपछि एक्कासी मर्न थालेको हुनसक्ने बताए ।
बढ्दै गएको माछाको आकारले ठाउँ साँघुरो बनाउँदा र पोखरीको सरसफाई नगरिँदा माछा मर्न थालेको हुनसक्ने स्थानीयको पनि अनुमान छ । कमलपोखरीमा कति माछा थिए र अहिलेसम्म कति मरे भन्ने यकिन तथ्यांक भने कसैसँग पनि छैन ।
राजधानीको मुटुमै गहनाको रुपमा सजिएको कमलपोखरीलाई संरक्षण गर्ने हातहरुको अभावमा यतिबेला कमलपोखरी विरहको धुन बजाएर रोइरहेको छ । तर यस्ता पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको संरक्षणमा महानगरपालिका कानमा तेल हालेर बस्नुले कमलपोखरी वरीपरीका स्थानियहरु अचम्ममा परेका छन् ।