News

बाबुरामलाई स्यानेटरी प्याडको चिन्ता

बाबुरामलाई स्यानेटरी प्याडको चिन्ता

काठमाडौं । देशमा राजनीतिक उतार चढाव चढी रहेको बेला नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुुराम भट्टराई भने महिलाहरुको महिनावारीका विषयमा चिन्तित छन् । पूर्वप्रधामन्त्रीसमेत रहेका डा भट्टराईले महिलाहरुले महिनावरी भएको बेला प्रयोग गर्ने स्यानेटरी प्याडको विषयमा सामाजिक सञ्जाल फेसबुकमा एउटा लामै स्ट्याटस पोस्ट गर्दै चिन्ता व्यक्त गरेका छन् । 

 

डा भट्टराईले आफ्नो फेसबुकमा पूर्वप्रधानमन्त्रीले स्यानिटरी प्याडका विषयमा चर्चा गर्दा आश्चर्य लाग्ने भन्दै एकछिन फर्खेर भए पनि आफ्नो कुराप्रति ध्यान दिन आग्रह गरेका छन् । ‘महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडवारे देशको एउटा पूर्व प्रमले फेसबूकमार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला एक छिन पर्खनोस् ।’ उनले फेसबुुकमा लेखेका छन् ।

 

भारतीय न्यूज च्यानलको एउटा कार्यक्रमले मनमस्तिस्कमा झड्का दिएको भन्दै डा भट्राईले अगाडि लेख्छन्, ‘भारतीय गणतन्त्रदिवसको पूर्वसन्ध्यामा भारतीय राजनीतिवारे बुझ्ने मनसायले टिभी च्यानल चाहार्दै जाँदा जी न्यूूज को एउटा कार्यक्रमले मनमस्तिकमा नराम्रो झट्का दियो ।’

 

उनले आफ्नो स्ट्यासमा भारतका ४० करोडमध्ये १२ प्रतिशत महिलाले मात्र महिनावारी भएका वेला सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्ने बाँकी ८८५ ले फोहोर कपडा, पराल, खरानी आदि प्रयोग गर्दा ७०५ लाई विभिन्न यौनांगजन्य रोग लागेको र २४ प्रतिशत किशोरीहरू महिनावारी भएका वेला विद्यालय नजाने गरेको उल्लेख गरेका छन् ।

 

उनले स्यानेटरी प्याड सर्वसुलभ उपलब्ध गराउने सिर्जनात्मक अविष्कारक १६ जनालाई भारतले गणतन्त्रदिवसको अवसरमा राष्ट्रिय सम्ममान दिएको बताउँदै उनले अक्षय कुमारको आउँदै गरेको नयाँ चलचित्र प्याड म्यानको पनि खुलेर तारिफ गरेका छन् । उनी लेख्छन्, ‘यसका विरूद्ध जनस्तरमा अभियान चलाउने र स्यानिटरी प्याड सर्वसुलभ रूपमा उपलव्ध गराउन सिर्जनात्मक आविष्कार गर्ने १६ जनालाई गणतन्त्रदिवसको अवसरमा राष्ट्रिय सम्मान दिइँदैरहेछ । यसै विषयमा केन्द्रित एउटा फिल्म प्याड म्यान पनि बनेको रहेछ ।’

 

मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा छाउपडी प्रथाका कारण महिलाको मृत्युको समाचार सुनेर उद्वेलित हुने हामीले हाम्रो यो समस्याको बारेमा कहिल्यै सोचेका छौँ भन्दै डा भट्टराई अगाडि लेख्छन्, ‘के तपाईं हामीले हाम्रो देशमा यो समस्यावारे कहिल्यै सोचेकाछौं ? कहिलेकाहीं हामी मध्य र सुदूर–पश्चिमका विकट पहाडी जिल्लामा छाउपडी प्रथाद्वारा महिलाहरूको मृत्यु भएको समाचार सुन्छौं र केही दिन उद्वेलित हुन्छौं । तर गरिबी, अशिक्षा, अन्धविश्वासबाट ग्रसित हाम्रो समाजमा हाम्रा महिलाहरू सुरक्षित स्यानिटरी प्याडको अभावमा कति पीडाबाट गुज्रिरहेका होलान् र अकालमै मरिरहेका होलान् भन्ने कहिल्यै सोचेका छौं ?’

 

‘अब सोच्न ढिलो र आलटाल नगरौं । क्रान्ति, परिवर्तन, समृद्धि यस्तै झिनामसिना र अप्रिय कुराबाटै शुरू हुन्छन् भन्ने नभुलौं । आगे जो मर्जी’ भन्दै उनले आफ्नो फेसबुुक स्ट्याटसको अन्त्य गरेका छन् ।

विशेष