ट्रम्पलाई छाडेर हिडिन श्रीमती मेलानिया
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पारिवारिक रूपमा एक्लिएका छन् । अमेरिकी पोर्नस्टार स्ट्रोमी डानियलसँग अनैतिक सम्बन्ध रहेको आरोपपछि ट्रम्पलाई उनकी श्रीमती मेलानिया ट्रम्पले छोडेर हिँडेकी हुन् ।
७१ वर्षका ट्रम्पको अमेरिकी पोर्नस्टार स्ट्रोमी डानियलसँग लसपस रहेको गतसाता खुलासा भएको थियो । जनवरी १२ मा उक्त खुलासा भएपछि पत्नी मेलानियाले श्रीमान् ट्रम्प र ह्वाइटहाउस छाडेकी हुन् । लामो समयदेखि स्ट्रोमी डानियलसँग चल्दै आएको विवाहभन्दा बाहिरको सम्बन्धले उनलाई उक्त कदम लिन बाध्य बनाएको एजेन्सीहरूले जनाएका छन् । उनी अहिले डीसी होटलमा बसेको ह्वाइटहाउस स्रोतले बताएको छ । संसारकै शक्तिशाली दम्पत्तिको जीवनमा यो कमजोरीले नराम्रो धब्बा लागेको छ ।
यसअघि पनि ट्रम्प र उनकी पत्नी मेलानियाबीच राम्रो सम्बन्ध नरहेको बताइएको छ । ट्रम्पको स्वीट्जरल्यान्डस्थित डाभोसको भ्रमणका क्रममा पत्नी मेलानिया उपस्थित थिइनन् । जब कि भ्रमणका क्रममा मेलानिया पनि हुने पक्कापक्की भएको थियो ।
अन्तिम क्षणमा विशेष कारण देखाएर उनी नगएकी हुन् । मेलायियाकी इष्टविङ कम्युनिकेसन डाइरेक्टर स्टेफनी ग्रीष्मले सीएनएनलाई मिसेस ट्रम्पको व्यस्तताले उनको डाभोसको भ्रमण रोकिएको जानकारी दिएकी थिइन् । तर, उनको त्यस्तो कुनै महत्वपूर्ण काम नरहेको सूचना बाहिरिएको थियो । स्टेफनी ग्रीष्मले ट्वीटरमा भने मेलानिया डीसी होटलमा बसेको कुरा सत्य नभएको लेखेकी छन् ।