विदेश

साउदी अरबका अर्बपति राजकुमार थुनामुक्त

साउदी अरबका अर्बपति राजकुमार थुनामुक्त


काठमाडौं । साउदी अरबका अर्बपति राजुकमार अलवालिन बिन तलाल थुनामुक्त भएका छन्। भ्रष्टाचारको अभियोगमा उनी पक्राउ परेका थिए। दुई महिनाभन्दा बढी समय जेल जीवन बिताएपछि उनी थुनामुक्त भएका छन् ।

रोयटर्सलाई रियादस्थित अपुलेन्ट रिट्ज—कार्लटन होटलमा अन्तर्वार्ता दिएको केही घन्टापछि उनी जेलमुक्त भएको सार्वजनिक भएको हो। अन्तर्वार्तामा उनले आफूले केही गल्ती नगरेको दाबी गरेका छन्।

पारिवारिक स्रोतका अनुसार राजकुमाल अलवालिद शनिबार जेलमुक्त भएका हुन्। ‘जेलमुक्त भएर उहाँ घर आउनु भएको छ’, राजकुमार अलवालिदको पारिवारिक स्रोतलाइ उदृत गर्दै रोयटर्सले जनाएको छ। उनको रिहाइबारे साउदी सरकारले कुनै प्रतिक्रिया दिएको छैन। के सर्तमा उनी रिहा भए भन्ने पनि खुलेको छैन। उनी फोर्ब्स म्यागेजिनमा सूचीकृत धनाढ्य हुन्।

गत नोभेम्बर महिनामा राजकुमार अलवालिदलाई अन्य दर्जनौं मन्त्री एवं राजपरिवार सदस्यसहित बन्दी बनाइएको थियो। साउदी युवराज एवं साउदी राजतन्त्रका उत्तराधिकारी मोहम्मद बिन सलमानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी महत्वकांक्षा र सत्तामा आफ्नो पकड स्थापना गर्ने योजनाअन्तर्गत उनीहरुलाई पक्राउ गरिएको थियो।

साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदको सत्ताविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा शनिबार ती राजकुमारहरू पक्राउ परेको उल्लेख गरेका थिए। दरबारमा रहेर राजाविरोधी गतिविधि र षड्यन्त्र गरेको आरोप उनीमाथि लगाइएको थियो। साउदी राजाले राजकुमारहरूले प्रयोग गर्ने बिजुली र पानीको बिल नतिर्न निर्देशन दिएका थिए। सो निर्देशनको विरोधमा राजकुमारहरूले दरबारविरोधी गतिविधि सञ्चालन गरेका थिए। आफूहरूले वर्षौंदेखि पाउँदै आएको सुविधा कटौती भएपछि राजकुमारहरू विरोधमा उत्रिएका थिए।

विशेष