झिनो अंकले सुधारियो नेप्से
पुँजी बजारमा आइतबार सामान्य अंकले सुधार भएको छ ।
बजार परिसूचक नेप्से १ अंकले सुधारिएर १४०६ विन्दु कायम भएकाे छ । वाणिज्य बैंक र विकास बैंक समूह सकारात्मक रहे भने अरु सबै समूह रातो रहे ।
होटल समूह सबैभन्दा उच्च २८ अंकले ओरालो लाग्यो भने वाणिज्य बैंक समूह सबैभन्दा उच्च ५ अंकले सकारात्मक रह्यो । जलविद्युत, बीमा, व्यापार समूहमा दोहोरो अंकको गिरावट आयो ।
नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीको ८ लाख ५१ हजार कित्ता शेयर ३५ करोड ४७ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
today nepal stock exchange