News

त्रिभुवन विमानस्थलमा जहाजको भर्याङ भाँच्चिएपछि...

त्रिभुवन विमानस्थलमा जहाजको भर्याङ भाँच्चिएपछि...


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवानिगमको एउटा चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न तयार थियो ।

जहाजको ककपिट मादुई पाइलट तम्तयार भएर बसेकाथिए । यात्रुहरु भ-याङ उक्लिँदै जहाजभित्र पसिरहेका थिए । जवकरिब १० वर्षका एक यात्रु–बालकले जहाजभित्र छिर्न भ-याङ उक्लेका मात्रथिए, ठ्याक्कै त्यही बेला कसैले नसोचेको घटना हुनपुग्यो । ती बालकले दुई खुड्किलो उक्लिना साथजहाजको भ-याङ नै भाँच्चिएर भुँइमा बज्रिनपुग्यो र सँगसँगै ती बालकपनि पछारिए ।

त्यसपछि जहाजको भ-याङ भाँच्चिएर बालक घाइते भए भन्दै त्रिभुवनविमानस्थल भरि खैलाबैला मच्चियो । वायुसेवा निगमलाई पनि बिना भ-याङजहाज उडाउन नमिल्ने भएपछि अर्को समस्या आइप-यो किनभने यस्ता साना जहाजमा त्यही भ-याङबन्द गरेपछि ढोकाको काम गर्छ । उक्त १७ सिटे जहाजमा अधिकांशयात्रु बसिसकेका थिए । यो घटना गत शनिबार पुस १५ गते बिहान ८ बजे त्रिभुवन विमानस्थलका घटेको हो ।

निगमकोे चिनियाँ जहाजको भ-याङ भाँच्चिएर ठूलै समस्या आएको थियो, घटनाका बेला विमानस्थल मै रहेका निगमकाअधिकारीले सोमबार नागरिकसँग भने, भाँच्चिएका भ-याङतत्काल जोड्न मिलेन र अर्को भ-याङखोज्न दौडादौड भयो । उनका अनुसार कलसाइन ९ एन एकेएस भएको १७ सिटे वाई १२ ई सिरिजको उक्त चिनियाँ जहाजलाई प्रशिक्षक पाइलट आङनुरी शेर्पाको कमान्डमा पोखरा जाने तयारीमा थियो ।

उनलाईको पाइलट रविन केसीले साथ दिएका थिए । निगमसँग यस्ता दुई थानजहाज छन् । तीमध्ये कलसाइन ९ एन एकेटी भएको अर्को जहाज दुई महिनादेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ ।

धन्य निगमका इन्जिनियरले त्यही ग्राउन्डेड जहाजको भ-याङ निकालेर ल्याइयो र भ-याङ भाँच्चिएको जहाजमा जडान गरियो, ती अधिकारीले भने, त्यसपछि जहाज र भ-याङ दुरुस्त छ भनेर इन्जिनियरले पुष्टि गरेपछि बल्ल जहाजपोखरा उडेको थियो । भ-याङसँगै लडेका तीबालकलाई खासै चोट भने लागेन । दुईमध्ये एउटामात्र जहाज बाँकी भएका कारण पोखराबाट फर्केपछि त्यहीजहाजले सिमरा, भैरहवा र मेघौली उडान गर्ने तालिका थियो ।

विशेष