News

माननीयको ट्वीटर आतंक

माननीयको ट्वीटर आतंक

काठमाडौं । गत पुस १२ गते एक अनलाइनमा म्यादी प्रहरीको आन्दोलनका कारणबारे एक समाचार प्रकाशित भएको थियो ।

जसलाई ‘कोट’ गर्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्वीट गरिन् – ‘छानवीनबाट तथ्य उजागर गर्न सकारात्मक हो, दायित्व यहीबाट शुरु हुन्छ, आचरणविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याऊ’ उनले नेपाल प्रहरीलाई ट्वीटरमार्फत यसरी आदेश दिएकी थिइन् ।

अन्सारीको ट्वीटरमा खासगरी प्रहरीलाई यसो गर, उसो गर भनेर दैनिक जसो यस्ता आदेशहरु दिएका पढ्न पाइन्छ । त्यसमध्ये कतिपय समाजिक सञ्जालमा चलेको हल्ला र तथ्यहीन समाचारलाई समेत आधार बनाइएको हुन्छ ।     

दुई साता अघि विराटनगरमा प्रहरीले भन्सार छलीको गाडी बरामद गर्यो । एआईजी पशुपती उपाध्यायको गाडीलाई साइड नदिएकै कारण भारतीय नम्बर प्लेटको गाडीलाई भन्सार बुझाइएको हल्ला सामाजिक सञ्जालमा आयो । त्यसैलाई आधार मानेर उनले त्यो घटनाको प्रहरीलाई सामाजि सञ्जालमार्फत् ध्यानाकर्षण गराएकी थिइन् ।     

सामान्यतया, सामाजिक सञ्जालले व्याक्तिको प्रतिनिधित्व गर्दछ, संस्थाको गर्दैन । तर, अन्सारी भने आफू मानव अधिकार आयोगकै सदस्यको रुपमा प्रहरीलाई सामाजिक सञ्जालबाटै निर्देशन दिने गरेकी छिन् । जुन निकै आश्चर्यजनक भएको प्रहरी अधिकारीहरु बताउँछन् । दृष्टि साप्ताहिकबाट

विशेष