News

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

काठमाडौं । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन् ।

फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए । रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए ।

प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए । तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन् । विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए ।

तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन् । आजको अन्नपूर्णमा खबर छ ।

विशेष