अस्पातलबाट बच्चा साटिएपछि, हिन्दु बालक मुस्लिम, मुस्लिम हिन्दूू
दुई आमा, एक हिन्दु र अर्को मुस्लिम । दुवैलाई थाहा छ, जुन बच्चालाई उनीहरु पालिरहेका छन्, उनको गर्भको होइन ।
हिन्दु आमासँग मुस्लिम बच्चा रियान र मुस्लिम आमासँग हिन्दु बच्च जुनैत छ । जब उनीहरुको बच्चा साटिएको थाहा भयो, दवैले आफ्नो रगत घर ल्याउने र जसलाई दुध खुवाएर उसलाई फर्काउने सोचे । तर, यो निर्णय त्यति सजिलो थिएन । भारत आसामको मंगलदई अदालतमा दुवै परिवार बच्चा साट्नका लागि भेट्छन् । बच्चा साटासाट गर्नका लागि परिवार त तयार थिए, तर बच्चा तयार हुँदैनन् ।
दुवै बच्चा आफ्नो परिवारमा जान मान्दैनन् र बच्चाका कारण दुवै परिवार बच्चा नसाट्ने निर्णय लिन्छन् । दुवै परिवारले अदालतमा जुन बच्चालाई पालेका छन् उसलाई आफूसँगै राख्न शपथपत्र दिएका छन् । यस्तै शपथपत्रमा दुवै बच्चा जब युवा हुन्छन्, तब उनिहरु आफैँले कहाँ बस्न चाहान्छन् तय गर्नका लागि स्वतन्त्र हुने लेखिएको छ ।
अर्थात् मुस्लिम सलमा परवीनको कोखमा हुर्केको छोरा अब एक हिन्दु परिवारको रियान भएर र हिन्दु शेवाली बोडोको कोखमा हुर्केको बच्चा अब सलमाको जुनैत बनेर रहनेछन् । कसरी साटिए बच्चा रु कथा अत्यन्तै फिल्मी लाग्छ । यस कथामा दुई परिवार छन्, एक अनिल बोडोको र अर्को शाहबुद्दीन अहमदको । असामको मंगलदईमा एक सानो गाउँ ‘बेइसपारा’ छ ।
अनिल बोडो आफ्नो परिवारसँग यही सहरमा बस्छन्, जो किसान हुन् । ४२ बर्षीय अनिलको घरमा पत्नी शेवाली बोडो, छोरी चित्रलेखा, आमा र तीन वटा भाई छन् । त्यस्तै बदलीचरमा बसने शाहबुद्दीन पेशाले प्रध्यापक हुन् भने उनकी पत्नी सलमा घरमा बस्छिन् । सलमा र शेवाली दुवैलाई एकै समयमा प्रसुती कोठामा लगियो । सलमाले बिहान ७ बजेर १० मिनेटमा तीन किलोग्रामको एक छोराको जन्म दिइन् । शेवालीले पनि त्यसको पाँच मिनेटपछि अर्थात् ७ बजेर १५ मिनेटमा तीन किलोग्रामकै बच्चाको जन्म दिइन् ।
दुवैको प्रसुती सामान्य अवस्थामा भएको थियो र दुवै महिला १२ मार्चका दिन अस्पतालबाट डिस्चार्ज भए । सलमा भन्छिन्, ‘जब म बच्चालाई लिएर घर जाँदै थिए, तब काखमा रहेको बच्चा मेरो आफ्नै हो जस्तो लागिरहेको थिएन । मलाई डर थियो कसैले मेरो कुरालाई विश्वास गर्ने छैनन् । मलाई तेस्रो दिनमै विश्वास भएको थियो कि यो बच्चा मेरो होइन ।’ उनले भनिन्, ‘एक हप्तापछि मैलो श्रीमानलाई बच्चा आफ्नो नभएको बताए । न त उसको अनुहार हामीमध्ये कसैसँग मिल्थ्यो न रंग नै । बच्चाको आँखा काटिकुटी त्यो बोडो महिलाको जस्तो थियो, जो त्यस दिन मसँगै प्रसुती कोठामा थिइन् ।’ शाहबुद्दीन बताउँछन्, ‘सलमालाई सुरुदेखि नै शंका थियो, तर मलाई कहिल्यै यस्तो लागेन फेरि पनि सलमाको सन्तुष्टिका लागि एक हप्तापछि अस्पताल अधिकक्षसँग कुरा गर्यौँ र आफ्नो श्रीमतीको शंका बारेमा बतायौँ ।
तर, अधिकक्षले श्रीमतीको दिमागी अवस्था ठिक नभएको बताए । मैले सलमालाई सम्झाउने प्रयत्न गरे तर उनी आफ्नै कुरामा अडिक रहिन् ।’ उनले भने, ‘करिब दुई हप्तापछि एक निवेदन हाली ११ मार्चका दिन जन्मिएका सबै बच्चाको विवरण मागे ।
जवाफमा थाहा भयो कि सलमासँग प्रसुती कोठामा एक बोडो महिला थिइन्, जसको प्रसुती पाँच मिनेटपछि भएको थियो ।’ शाहबुद्दीन भन्छन्, ‘त्यसपछि म दुई पटक बेइसपारा गए, तर बच्चासँग भेट हुन पाएन । जब म त्यहाँ पुग्ने बच्चाको हजुरआमाले बच्चालाई लिएर जंगल भाग्थिन् । त्यसपछि मैले अनिल बोडोलाई चिठ्ठी लेखे र अस्पतालको गल्तीका कारण हाम्रो बच्चा साटिएको बताउने प्रयास गरे तर उनीहरुले मानेन् । त्यसबीच अस्पताल प्रशासनलाई चिठ्ठी लेखे तर अस्पताले पनि कुनै गल्ती हुनसक्ने मान्न अस्विकार गर्यो ।’
‘मैले डीएनए परिक्षण गराउने निर्णय गरे । म, श्रीमती र हामीसँग भएको बच्चाको नमूना लिएर हैदराबाद पुगे । सन् २०१५ अगस्टमा रिपोर्ट आयो । जसबाट यो बच्चा हाम्रो नभएको थाहा भयो । त्यसपछि मैले यस रिपोर्टलाई अनिल बोडोलाई पठाए, त्यसपछि उनीहरुलाई पनि बच्चा साटिएको कुरा विश्वास लाग्यो । त्यसपछि मैले यो रिपोर्ट अस्पताललाई पठाए तर उनीहरुले यो कानुनी रुपले मान्य नहुने बताए ।
र मैले प्रहरीमा उजुरी दर्ता गरे ।’ सन् २०१५ नोभेम्बरमा यस मुद्दामा एफआईआर दर्ता गरियो । डिसेम्बरमा पहिलो पटक प्रहरी दुवै बच्चासँग भेटे । यस घटनाको जाँच गर्ने हेमन्त बरुआ भन्छन्, ‘बच्चालाई हेर्दा अनुमान लगाउन सकिन्छ, कि दुवै साटिएका छन् तर यो कुनै षड्यन्त्र गर्न गरिएको हैन ।’
यो एक मानवीय भूलको घटना भएको उनको मान्यता छ । यद्यपी, नर्समाथि भने मुद्दा दायर गरिएको छ । सन् २०१६ जनवरीमा प्रहरी चौकीले दुवै परिवारको रगतको नमूना लिएर कोलकाता पुगे, तर हस्ताक्षर गल्ती भएका कारण जाँच हुन सकेन । गत बर्ष एक पटक फेरि रगतको नमूना लिइयो र गुवाहाटीको ल्याबमा परिक्षणका लागि पठाइयो । जसको परिणाम नोभेम्बरमा आयो र दुवै बच्चा साटिएको पुष्टि भयो । हाल उक्त नर्स र सुपरिटेन्डेन्ट दुवैको सरुवा भइसकेको छ । वर्तमान सुपरिटेन्डेन्ट बच्चा साटिनुलाई मानवीय गल्ती मान्छिन् ।
शाहबुद्दीनको तर्फबाट यस घटनाको वकालत गर्ने वकिल जियोर भन्छन्, ‘यस घटनामा अस्पताल प्रशासनको गल्ती छ र नर्सले सजाय पाउनुपर्छ । अब हामी चाहान्छौँ, सरकारले दुवै परिवालाई आर्थिक सहयोग दिओस्, ताकि दुवै बच्चाले राम्रो शिक्षा पाउन सकुन् ।’ आमा सलमा र शेवाली दुवैको चिन्ता एउटै छ ।
शेवाली भन्छिन्, ‘जब पहिलो पटक आफ्नो कोखको सन्तानलाई देखे आँशु थामिएनन् ।’ त्यस्तै, सलमा भन्छिन्, ‘उसको अनुहार बिल्कुल मेरो जस्तै छ । उसलाई चोरेर लैजाउ जस्तै लाग्यो तर मेरो नजिक आउँदै आएन । ऊ शेवालीलाई नै आफ्नी आमा मान्छ ।’ शेवाली भन्छिन्, ‘जबसम्म बच्चा मेरो काखमा छ, ठिक छ, तर जब ऊ यो गाउँभन्दा बाहिर जान्छ उसलाई हिन्दु वा मुस्लिम बताउन थाल्नेछन् ।
म र मेरा परिवारले उसलाई कहिल्यै मुसलमान मानेनौ । तर, संसार एकदम खराब छ । जब ऊ ठूलो हुन्छ, उसलाई मानिसले दुखी बनाउँने छन् ।’ सलमा भन्छिन्, ‘उसको आँखा आदिवासीको जस्तै छ । मेरो माइत र परिवारले उसलाई अपनाईसकेका छन्, कुनै भेदभाव नै छैन ।
तर, जब ऊ ठुलो हुनेछ, उसले मेरो कोखको नभएको थाहा पाउनेछ । ऊ एक आदिवासीको हो।।रि के हुन्छ ?’ त्यस्तै, अनिल बोडो भन्छन्, ‘अब रियान नै हाम्रो छोरा हो । उनले मलाई बुबा र शेवालीलाई आमा भन्छन् ।’ अनिल रियानर्ला इन्जिनियर बनाउँन चाहान्छन् । शाहबुद्दीन भन्छन्, ‘म आफ्नो तीन बच्चालाई आईएएस बनाउँन चाहान्छु । तीनै सन्तानलाई धेरै बढाउन चाहान्छु ।’
शाहबुद्दीन भन्छन्, ‘भगवानले सबै बच्चालाई एउटै डिजाइनमा पठाउँछन् । जब तल आउँछन्, तब हामी उनीहरुमाथि हिन्दु, मुस्लिमको छाप लगाईदिन्छौ । बच्चालाई थाहा हुन्न उनीहरु हिन्दु हुन् कि मुस्लिम ।’ शाहबुद्दीन र अनिल दुवै कहिलेकाही एक अर्काको घरमा गएर बच्चासँग भेट्न चाहन्छन् । दुवै बच्चालाई सत्य कुरा थाहा होस्, तर कहिल्यै हिन्दु वा मुस्लिम नबनुन् भन्ने चाहान्छन् ।