विदेश

सैनिक विद्यालयमा आक्रमण ५ सैनिकको ज्यान गयो १० घाइते

सैनिक विद्यालयमा आक्रमण ५ सैनिकको ज्यान गयो १० घाइते


काठमाडौं । अफगानिस्तानको सैनिक महाविद्यालयमा आतंककारीको आक्रमणमा परी ५ जना सैनिकको ज्यान गएको छ ।

अफगानिस्तानको राजधानीमै रहेको सैनिक महाविद्यालयमा आतंकारीले आक्रमण गरेका हुन् । आतंककारीको निशानामा १० अन्य सैनिक घाइते भएको अन्तर्राष्ट्रिय समाचारसंस्था बिबिसीले उल्लेख गरेको छ ।

शनिबारमात्र राजधानी काबुलमा भएको आक्रमणमा परी १ सय ३ जना सर्वसाधारणको ज्यान गएको थियो भने २ सय ६५ घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी अफगान आतंककारी संस्था आइएसआईले लिएको छ ।

 

विशेष