विदेश

भारतलार्इ उछिन्दै चीनले सुरक्षित गर्याे शीर्ष स्थान 

भारतलार्इ उछिन्दै चीनले सुरक्षित गर्याे शीर्ष स्थान 

डावाेस । विश्वमै सबैभन्दा बढी जनताको विश्वास जित्ने सरकारमा चीन पहिलाे नम्बरमा अाएकाे छ । भारतलार्इ पछि पार्दै चीनले शीर्ष स्थान सुरक्षित गरेकाे हाे । 

 

 

स्वीटजरल्याण्डको डावोसमा हालै सार्वजनिक गतवर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारकाे नम्बर एक सूची अाफूलार्इ उभ्याएकाे हाे ।

 

 कम्युनिष्ट पार्टीको शासन, राष्ट्रपति सी जिनपिङको आक्रामक भ्रष्टाचारविरोधी अभियान, धनी गरिब सबैलाई समान व्यवहार, सुशासन, आर्थिक वृद्धिदर, जनताको आयस्तर वृद्धि लगायत सरकारका सुधारका कामले चीनमा जनतालाई अत्यधिक प्रभावित पारेको रिपोर्टमा उल्लेख छ।

 

रिपोर्टमा एसियाली देश इण्डोनियाको सरकार ७१ अंक प्राप्त गरी सबैभन्दा बढी जनताको विश्वास जित्ने दोस्रो देश बनेको छ भने ६८ अंक प्राप्त गरेको भारत तेस्रो स्थानमा अाएकाे अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

 

भारतको सरकार सन् २०१६ मा ७२ अंकसहित शीर्ष स्थानमा थियो। रिपोर्टले भारतमा नरेन्द्र मोदी सरकारको लोकप्रियता सन् २०१७ मा घटेको देखिएको छ।

 

सरकारमाथि जनताको भरोसा सम्बन्धि रिपोर्टमा यूएई ६६ अंकसहित चौथो स्थानमा छ भने सिंगापुर ५८ अंकसहित ५औं स्थानमा छ ।

 

त्यस्तै अमेरिकाको सरकारमाथि जनताको विश्वास ९ अंकले घटेको छ भने इटालीको ५ अंकले घटेको रिपोर्टमा उल्लेख छ। तर रिपोर्टको नेपाल सरकारबारे भने केही उल्लेख गरिएको छैन्।

विशेष