विदेश

सुडानमा सरकार र विद्रोहीबीच युद्धविरामकाे तयारी

सुडानमा सरकार र विद्रोहीबीच युद्धविरामकाे तयारी

खार्तुम । सुडानमा सरकार र विद्रोही समूहबीच युद्धविराम हुने भएको छ।

 

सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक विद्रोही समूह र सरकारबीच छिटै युद्धविराम हुने र आगामी महिना शान्तिवार्ताको तयारी भइरहेको जनाइएको छ।

 

प्राप्त समाचारअनुसार सरकारी वार्ता समिति र विद्रोहीबीच फेब्रुअरीमा वार्ता हुने जनाइएको छ।

 

आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुने र फेब्रुअरीको मध्यतिर वार्ता हुने कार्यक्रम रहेको सरकारी अधिकारीले भने। उनका अनुसार, शान्ति वार्ता इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ। 

विशेष